काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बैठकमा सम्बोधन गर्न लागेका प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने तयारी रहेको छ । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।




प्रतिक्रिया