विराटनगर, ३० असार । विराटनगर– ४, कन्चनबारीस्थित नोबेल शिक्षण अस्पतालले कोक्लियर इम्प्लाण्ट शल्यक्रिया प्रविधि भित्र्याएको छ । अस्पतालमा पत्रकार सम्मेलन गरी भित्र्याइएको प्रविधिबारे जानकारी दिइएको हो । नोबेलका संचालक समितिका सल्लाहाकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा.डा.राजेश नेपाल, नाक कान घाँटी रोग विभागकी प्रमुख डा.मीनाक्षी बस्नेत र नाक कान घाँटी विशेषज्ञ डा.शंकरप्रसाद साहको उपस्थिति रहेको पत्रकार सम्मेलनको सहजिकरण अस्पताल महाप्रबन्धक दीपेश राईले गरेका थिए ।
कार्यक्रममा कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको फाइदा र नेपालमा यसको उपलब्धताका बारेमा विस्तृत जानकारी दिइएको थियो । साथै सुन्ने समस्या भएका बालबालिकालाई समयमै उपचार गराउनु पर्नेमा जोड दिइएको थियो । डा.शंकरप्रसाद साह नेतृत्वको टोलीबाट हालसालै सफलतापुर्वक सम्पन्न कोक्लियर इम्प्लाण्ट शल्यक्रिया पछि ती बालकहरूले श्रवण शक्ति प्राप्त गरेकोमा सवैले खुशी व्यक्त गरेका थिए ।
सो क्रममा पत्रकार तथा अन्य उपस्थितहरूको जिज्ञासाहरूको डा.मीनाक्षी बस्नेत, डा.शंकरप्रसाद साह तथा अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालबाट प्रष्ट पारिएको थियो । कार्यक्रममा सफल कोक्लियर इम्प्लान्ट शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्किएका बालबालिका र उनीहरूका परिवारजनले आफ्ना अनुभवहरू सुनाएका थिए। परिवारजनले आफ्ना सन्तानले सुन्न र बोल्न थालेपछि जीवनमा आएको परिवर्तनप्रति खुसी व्यक्त गरे।






प्रतिक्रिया