सरकार देशलाई असफल बनाउने दिशातिर अगाडि बढेको छः प्रचण्ड


काठमाडौैं, १ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले निकै जटिल मोडमा रहेको बताएका छन् । आज (बिहीबार) पार्टीको सहायक संगठन वाईसीएल नेपालले सुरु गरेको श्रम अभियानमा सहभागी प्रचण्डले वर्तमान सरकार देशलाई असफल बनाउने दिशातिर अगाडि बढेको बताए । उनले सरकारले टेक्ने हरेक ठाउँमा भ्रष्टाचारबाहेक अरु केही पनि नरहेको बताए ।

‘देश संविधानको दृष्ट्रिकोणले, गणतन्त्रको दृष्ट्रिकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिकोणले निकै नै जटिल मोडमा छ । अहिलेको सरकार, मैले त्यतिबेला भनेको थिएँ– जहाँ टेक्छ, त्यही भ्रष्टाचारबाहेक केही पनि छैन । तपाईँ हामीले देखिराखेका छौं सुशासनको विरुद्धमा खडा भएको यो सरकार सम्पूर्णरुपले देशलाई असफल बनाउने दिशातिर अगाडि बढेको छ,’– उनले भने ।

हजारौं शहिदहरुले रगत बनाएर ल्याइएको परिवर्तन उल्ट्याउने प्रयास भइरहेको पनि उनले बताए । सरकार स्वयंबाट सुशासनको विरुद्धमा निकै ठूलो षड्यन्त्र भइरहेको उनले बताए । अध्यक्ष प्रचण्डले युवाहरुलाई संगठित र परिचालित गराएर मात्रै प्रतिगामी षड्यन्त्र र परिवर्तन उल्ट्याउने षड्यन्त्रलाई असफल बनाउन सकिने बताए ।

उनले जनतासँग राम्रो सम्बन्ध बनाउन र संगठनलाई श्रम र उत्पादनसँग जोड्न वाईसीएललाई निर्देशन दिए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्न उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘मैले वाईसीएललाई श्रम र उत्पादनसँगै प्रतिकृयावादी र प्रतिगामी षड्यन्त्रको प्रतिवादको लागि पनि युवाहरुलाई तयार पार्न आवश्यकता छ ।