आलमविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा, हदैसम्मको सजाय माग दाबी


काठमाडौं, २ साउन । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायधिवक्ताको कार्यालय पुनरावेदन गएको छ । उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यान सम्बन्धी कसुरमा आलमलाई सफाइ दिएको थियो ।

२०६४ को निर्वाचनको बेलामा आलमले इँटा भट्टामा मान्छे जिउँदै जलाएर मारेको आरोप रहेको छ । न्यायाधीश थारु र महर्जनको इजलासले घटना भएकै पुष्टि हुन नसकेको फैसला गरेको थियो ।