काठमाडौं, २ साउन । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । आज (शुक्रबार) दुई पार्टीबीच राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा एकता घोषणा भएको हो ।
नेकपा एकता राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । उनले पार्टी एकता हुँदा ज्यादै खुसी लागेको बताए । सो क्रममा सहभागी नेता तथा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए ।















प्रतिक्रिया