ओलीले फेरि दाहोर्याएः केपी ओली विनाको एमाले बनाउन सम्भव छैन


काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ को निर्वाचनमा बहुमत ल्याउनबाट एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज (सोमबार) जारी पार्टीका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘एकताबद्ध र एक ढिक्का भएर अघि बढ्ने हो । एकताबद्ध भएर अघि बढ्दा २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन,’– उनले भने ।

साथै, उनले केपी ओली बिनाको एमाले, एमाले विनाको नेपाल बनाउँन सम्भव नरहेको पनि दोहोर्याए । उनले केही तत्त्वहरुले केपी ओली विनाको एमाले र एमाले विनाको नेपाल बनाउन चाहेको भए पनि अहिले पार्टीले सरकारको नेतृत्व गरेको १३ महिना भइसकेको स्मरण गराए ।