रास्वपाले रुपन्देही-३ को उम्मेदवार साउत ७ गतेदेखि छान्ने


काठमाडौं, ५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवार छान्ने प्रक्रिया साउन ७ गतेदेखि सुरु हुने बताएको छ ।

पार्टीको आधिकारिक उम्मेदवार बन्न इच्छुक उम्मेदारले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्युनतम कानुनी योग्यता पूरा गरेका सदस्यहरुले साउन २१ गते साँझ ५ बजेसम्म उम्मेदवारी दिन सकिने बताइएको छ ।

पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिने राप्रपाले बताएको छ । उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भए पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क र समन्वय गर्न भनिएको छ ।