काठमाडौं, ५ साउन । ठगी र आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेका दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी आज टोखाबाट पक्राउ परेका थिए ।
दिनेशप्रसाद शाहको जाहेरीमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । अग्रवाल शेयर कारोबारी हुन् ।




प्रतिक्रिया