काठमाडौं, ७ साउन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जननायक वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेर स्मरण गरेका छन् । मंगलबार काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्राहलयमा अध्यक्ष गुरुङले वीपीको शालिकमा पुष्पगुच्छासहित माल्यार्पण गरेका हुन् । उनले वीपी कोइराला र नेपाल तरुण दलबीचको सम्बन्धलाई पनि स्मरण गरेका छन् ।
तरुण दलका अध्यक्ष गुरुङले वीपी कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान र मेलमिलापको राष्ट्रिय नीति अहिले पनि लागू भएको बताए । उनले वीपी कोइरालाले तरुणहरूसँग गरेको अपेक्षालाई कहिल्यै पनि अवमूल्यान हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् ।
वीपी कोइरालाको ४३औँ स्मृति दिवसमा वीपी संग्राहलयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वीपीका पुत्र डा.शशांक कोइराला प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा तरुण दलका अध्यक्ष गुरुङसहित तरुण दल केन्द्रीय सदस्य पवन यादव, सरिन घिमिरे, दीपेन्द्र पोखरेल, सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष सञ्जय लामा, सिन्धुली तरुण दलका अध्यक्ष सहदेव मैनाली, कालीकोट तरुण दलका अध्यक्ष दमन शाही, तरुण दल सिन्धुपाल्चोकका सचिव निशान लामा योञ्जन लगायतका तरुण, नेविसंघ र नेपाली कांग्रेसका नेताहरू उपस्थिति रहेको थियो ।




प्रतिक्रिया