देउवाले बोलाए पदाधिकारी बैठक, भूमि र संवैधानिक परिषद्सम्बन्धी विद्येयकमा गम्भीर चासो


काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । भोलि (शुक्रबार) विहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ । बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि निम्तो पठाईएको छ । सरकारको एक वर्ष पुगेको अवसरमा कामको समिक्षा हुने कांग्रेसले जनाएको छ ।

संघीय संसद् सचिवालयले प्रमाणीकरणको लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाएको संवैधानिक परिषद् विधेयकको विषयमा समेत कांग्रेसभित्र चासो लिईएको छ । कतिपय सांसदहरुले यो विद्येयक प्रमाणीकरण नगरी सदनमा नै फिर्ता पठाउनुपर्ने भनेर आवाज उठाउन थालेका छन् । यस्तै, भूमि विद्येयकपनि समितिमा छलफलको लागि लगिनुपर्ने कांग्रेसको मत छ ।

यो विषयमा महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नै नेतृत्वदायी भूमिका खेलेका छन् । एमाले र कांग्रेसबीच भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाउने वा नपठाउने भन्ने विषयमा मतभेद देखिएको छ । कांग्रेसले छलफलको लागि समितिमा नै पठाउनुपर्ने भनेको छ । यस विषयमा गगन थापाले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसँग पनि गम्भीर छलफल गरिसकेका छन् । file photo