काठमाडौं ९ साउन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणबारे धेरै चिन्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाका नेताहरुलाई सांसद बनाउने श्रेय नै भिजिट भिसाको रहेको बताएका हुन् ।
साथै, उनले रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै भिजिट भिसामा विदेश गएर उतै घरजम गरेका, उतैको नागरिकता र पासपोर्ट लिएका मानिसहरु पनि फर्किएर आएर मन्त्री उपप्रधानमन्त्री भइसकेको बताए ।
‘विदेशी पासपोर्टमा नेपाल फर्किएर आएर यहा मन्त्री, उपप्रधानमन्त्रीहरु बनाइसकेका छौं । यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको विषयमा धेरै ठूलो चिन्ता नगर्न साथीहरुलाई अग्रह गर्दछु । साथीहरुले छातीमा हात राखेर भन्नुस्– आज तपाईँहरुलाई यो ठाउँमा पुर्याउने श्रेय नै भिजिट भिसाको छ, धेरै चिन्ता किन गर्नुहुन्छ ?’ प्रश्न गर्दै उनले भने । File Photo/RN




प्रतिक्रिया