काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका २१ जना बागमती प्रदेशसभा सदस्य (सांसद) हरुले बहादुरसिंह लामा तामाङलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । बागमतीमा कांग्रेसका ३७ सांसद रहेका छन् । बहुमत सांसदले तामाङलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले ईन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी थालेका छन् । नेता बानियाँ समूहका २१ सांसदहरुले संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई हस्ताक्षर बुझाएका हुन् ।
आज नै कांग्रेसका ४ मन्त्रीहरुले मुख्यमन्त्री तामाङलाई राजीनामा बुझाएका थिए । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा बुझाएका हुन् ।
संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि तामाङले अब विधानअनुसार बहुमत सदस्यको समर्थन शिद्ध गर्नुपर्ने हुन्छ । कांग्रेस प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने व्यवस्था रहेको छ ।
यी हुन् २१ सांसदहरु
ईन्द्रबहादुर बानियाँ
शिवराज अधिकारी
कन्चन चन्द्र बादे
दिपेन्द्र श्रेष्ठ
पुकार महर्जन
विनु रायमाझी पौडेल
यमुनादेवी श्रेष्ठ
माया श्रेष्ठ
उर्मिला नेपाल
शान्ता ढकाल
प्रभात तामाङ
छिरिङ्ग दोर्जे लामा
मिना पराजुली
याङ्किला शेर्पा
मिनकृष्ण महर्जन
विमल ठकुरी
मदु कुमार श्रेष्ठ
सुरजचन्द्र लामिछाने
सुरेश श्रेष्ठ
श्रीराम लामिछाने
सुना परियार




प्रतिक्रिया