काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाइनुपर्ने धारणा राखेका छन् । आज (शुक्रबार) काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्छ भन्ने धारणा रहेको र आफूहरुको पनि कुरा त्यही रहेको बताएका हुन् ।
‘अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो हाम्रो पनि कुरा हो,’– उनले भने ।
साथै, उनले नेपाल कम्युनिस्ट पार्टीहरु व्यवहारतः सबै पार्टीहरू डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुपमा काम गरिरहेको बताए । देउवाले उनीहरु कम्युनिस्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेको दाबी गरे ।
सभापति देउवाले अहिलेको संविधान अत्यन्तै राम्रो र समावेशी रहेको बताए । अहिले कुनै पार्टीको पनि बहुमत आउन गाह्रो रहेको बताउँदै उनले बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको सुनाए । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।




प्रतिक्रिया