मधेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गरिने प्रधानमन्त्री ओलीको उद्घोष


काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा देखा परेको पानीको समस्या समाधान गर्न तत्काल डीप बोरिङ जडान गरिने बताएका छन् । आज (शुक्रबार) महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको समस्या कम गर्न पहिलो चरणमा ५०० वटा डीप बोरिङ जडान गरिने बताए ।

मधेश प्रदेशलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको स्मरण गराउँदै उनले अब दीर्घकालीन र तत्कालीन उपाय अवलम्वन गरेर पानीको आवश्यकता पूरा गरिने बताए । पानी नपर्दा मधेशले सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको छ । File Photo/RN