काठमाडौं। स्वामी श्री कालीदास (कालीबाबा) नेपाल आउने भएका छन्। साउन १४ गते बुधबारदेखि २४ गतेसम्म हुने पशुपतिमा हुने श्री दशममहाविद्या रूद्रहवन महायज्ञका लागि कालीबाबा नेपाल आउन लागेका हुन्। महामण्डलेश्वर स्वामी श्री कालीदास (कालीबाबा) नेपाल आउने भएका छन्।
साउन १४ गते बुधबारदेखि २४ गतेसम्म हुने श्री दशम महाविद्या रूद्रहवन महायज्ञका लागि कालिबाबा नेपाल आउन लागेका हुन्।
सिद्ध योगी अन्तर्राष्ट्रिय संत यज्ञ सम्राट महाडलेश्वर कालिदासजी महाराजको उपस्थितिमा विशाल महायज्ञ हुन गइरहेको महायज्ञ मूल समारोह समितिले जनाएको छ।
त्यसका लागि आवश्यक तयारी भइरहेको समितिको भनाइ छ। हंसमण्डप, बनकाली, देवपत्तनमा उक्त महायज्ञको आयोजना हुन लागेको दशममहाविद्या रूद्रहवन महायज्ञ मूल समारोह समितिका संयोजक अशोक गौतमले जानकारी दिए। साउन १४ गते बिहान ७ बजे मैतीदेवी मन्दिरबाट कलशयात्रा सुरू हुने समितिले जनाएको छ।




प्रतिक्रिया