लिचीबारी अडियो प्रकरणबारे पाण्डेले मागे मन्त्री अधिकारीसँग जवाफ


काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का प्रमु्ख सचेतक हितराज पाण्डेले लिचिबारी अडियो प्रकरणबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग जवाफ मागेका छन् । आज (आइतबार) बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकबारेको छलफलका क्रममा उनले मन्त्री अधिकारीसँग जवाफ मागेका हुन् ।

उक्त अडियो फेक हो भने अडियो ल्याउनेलाई कारबाही गरिनुपर्ने उनले बताए । ‘अडियो सही हो भने त्यसमा मन्त्रीज्यूको नाम पनि छ । फेक हो भने त्यस्तो अडियो निकाल्नेलाई कारबाही गर्नुपर्‍यो,’– उनले भने ।