शेयर बजार १८ अंकले घट्यो, कारोबार रकम भने २६ अर्ब बढी


काठमाडौं, ११ साउन । साताको कारोबारको पहिलो दिन शेयर बजार परिसूचक १८.४४ अङ्कले घटेको छ । आज (आइतबार) शेयर बजार १८.४४ अङ्कले घटेर २९६४.२० विन्दुमा रोकिएको छ । आज २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज ५ करोड ८६ लाख कित्ता शेयर २ लाख ३ हजार ६५८ पटक कारोबार भएको थियो । आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्यमा गिरावट आएको छ । त्यसैगरी ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आज बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनन्स, निर्जिवन विमा कम्पनी, जीवन विमा कम्पनी, लगानी र अन्य परिसूचकहरु आज घटेका छन् । ट्रेडिङ, विकास बैंक, उत्पादन, म्युचल फण्ड समूह भने बढेको छ । त्यसैगरी माइक्रो फाइनन्स समूह भने स्थिर रहेको छ ।

आज ट्रेड टावर लिमिटेड, समता लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जीलगायतको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, नारायणी विकास बैंक, एनआईसी एसिया डिबेन्चर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलगायतको शेर मूल्यमा बढी गिरावट आएको छ ।