क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्ट (क्याम्ब्रिज) अन्तर्गतको इन्टरनेसनल एजुकेसन समूहले आज दक्षिण एसियाभरि १,००० भन्दा बढी क्याम्ब्रिज इन्टरनेसनल स्कूलहरूमा आफ्नो उपस्थिति कायम गरेको घोषणा गरेको छ । जुन यस क्षेत्रको लागि विश्वस्तरीय शिक्षाको प्रतिवद्धतामा एउटा महत्वपूर्ण उपलब्धि हो।
नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको वृद्धिलाई बढ्दो विश्व सम्पर्क र अभिभावकहरूमा आफ्ना छोराछोरीलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षाको अवसरका लागि तयार पार्ने चाहनाले प्रेरित गरेको छ। नेपालमा क्याम्ब्रिज शिक्षाको बढ्दो माग विद्यालय प्रमुखहरूको प्राथमिकतामा आएको स्पष्ट परिवर्तनको संकेत हो, जसले निम्न कारणहरूका आधारमा क्याम्ब्रिज रोजिरहेका छन्। ३ देखि १९ वर्षका सिकाइको लागि विश्वमै मान्यता प्राप्त ढाँचा, जुन स्थानीय सन्दर्भअनुसार अनुकूलन गर्न सकिन्छ । जसले राष्ट्रिय र सांस्कृतिक पहिचानलाई जोगाउँदै विश्वव्यापी दृष्टिकोण विकास गर्न मद्दत पुर्याउँछ।
जिज्ञासामा आधारित सिकाइलाई समर्थन गर्ने पाठ्यक्रम, जसले विद्यार्थीलाई आत्मविश्वासी, उत्तरदायी, सम्मानजनक, सजग, विचारशील, र नवप्रवर्तनशील बन्न उत्प्रेरित गर्छ। शिक्षकहरूको लागि सशक्त सहयोग र व्यावसायिक विकास अवसरहरू।दक्षिण एसियामा क्याम्ब्रिजको वृद्धिले अन्तर्राष्ट्रिय शिक्षातर्फको विश्वव्यापी सर्नालाई प्रतिबिम्बित गर्छ। २०२४ मा अहिलेसम्मकै धेरै विद्यार्थीहरूले क्याम्ब्रिज परीक्षा दिएका छन्।
विद्यालयहरूको आवश्यकतालाई ध्यानमा राख्दै, क्याम्ब्रिजले २०२६ को मार्चदेखि तेस्रो Cambridge Checkpoint परीक्षण सिरिज ल्याउने निर्णय गरेको छ, जसले विद्यालयहरूलाई आफ्ना शैक्षिक पात्रोअनुसार मूल्यांकन तालिका मिलाउन अझ लचिलो बनाउनेछ।क्याम्ब्रिजका Senior Vice President for International Education in South Asia, विनय शर्मा भन्छन्:“दक्षिण एसियामा १,००० विद्यालय पार गर्नु हाम्रो शिक्षा क्षेत्रमा नवप्रवर्तन, समावेशिता, र उत्कृष्टताको अभियानप्रति दृढ प्रतिबद्धताको प्रमाण हो।
क्याम्ब्रिज कार्यक्रमले विद्यार्थीलाई केवल शैक्षिक सफलता मात्र होइन, जलवायु परिवर्तनदेखि एआईको उदयसम्म जस्ता विश्वव्यापी चुनौतीहरू सामना गर्न आवश्यक सीप, सोच, र आत्मविश्वास पनि दिन्छ। हामी हाम्रा विद्यालयहरूसँगै भविष्यको शिक्षालाई निर्माण गरिरहेका छौं।”




प्रतिक्रिया