काठमाडौं, १२ साउन । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरबाट हराएका उर्मिला हायुको परिवारको मोवाइलको लोकेशन रामेछापमा देखिएको छ । एकै परिवारका १६ जना सम्पर्कविहीन गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी तीब्र बनाइएको प्रहरीले जनाएको छ ।
गोलाञ्जोर गाउँपालिका–६ का वडाअध्यक्ष रबिन श्रेष्ठका अनुसार उनीहरुले घरमा पालिएका चौपायमात्रै अलपत्र अवस्थामा भेटिएको र घरमा कोही पनि नरहेको वडाअध्यक्ष श्रेष्ठले बताए । अहिले उनीहरुको खोजी कार्य तीब्र बनाइएको वडाअध्यक्ष श्रेष्ठले बताए । उनीहरु बेपत्ता हुनुको कारण भने थाहा नभइसकेको बताइएको छ ।




प्रतिक्रिया