काठमाडौं, १२ साउन । सिन्धुलीको गोलन्जोर गाउपालिका–६ बाट उर्मिला हायूको १६ जनाको परिवार सम्पर्कविहीन भएका छन् । उनीहरु सम्पर्कविहीन भएको आज थाहा भएको थियो । सम्पर्कविहीन हुनेमा घरमुली उर्मिला हायु, उनको २७ वर्षीय जेठी छोरी कमला, २३ वर्षीय माइली बुहारी कोमल माया, १९ वर्षीय छोरी उषा रहेका छन् ।
त्यसैगरी, उर्मिलासहित उनको २१ वर्षीय छोरी सुजता, १८ वर्षीय अस्मिता, छोराहरु राजू, हिमाल, लालबहादुर बेगबहादुर, लक्ष्मण, सुवर्ण, छोरीहरु ओमकुमारी, शान्ता, नाती अर्जुन, नातिनी रियासा रहेका छन् ।
प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको छ । उनीहरुको मोबाइलको अन्तिम लोकेशन रामेछाप देखिएको बताइएको छ । अहिले रामेछापमा रहेको हायु वस्ती बुझ्नका लागि प्रहरी खटाइएको बताइएको छ ।




प्रतिक्रिया