काठमाडौं, १३ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएको छ । कूल ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ सांसद रहेका छन् । इन्द्र बानियाँ पक्षधर २१ सांसदहरुको हस्ताक्षरमा तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव निर्णायर्थ पेश हुँदा तामाङको पक्षमा १५ मत र विपक्षमा २२ मत परेको थियो ।
दलको नेताको हैसियत गुमाएपछि तामाङले मुख्यमन्त्रीबाट पनि राजीनामा दिनुपर्ने चर्चा चलिरहेको छ । तर, संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री दलको नेता हुन आवश्यक छैन । ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’– संविधानको धारा १६८ (२) मा भनिएको छ ।




प्रतिक्रिया