काठमाडौं, १३ असार । लमजुङको मर्स्याङ्दी गाउँपालिका–की शान्ता कुमारी अधिकारीले आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी छिन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कान्छो छोरा विश्वराज अधिकारी विगत तीन वर्षदेखि एप्लास्टिक एनिमियाबाट पीडित रहेको र उपचारको लागि आर्थिक अभाव भएको बताएकी हुन् ।
छोराका उपचारका लागि भारत जानुपर्ने र त्यसका लागि ३२ लाख लाग्ने उनले बताईन् । उनले आफ्नो छोराको उपचारका लागि नेपाल एसबीआई बैंकमा रहेको शान्ताकुमारी अधिकारी क्षेत्रीको खाता नं.२३४१५२४९९०१९३६ मा आफूले सकेको सहयोग गरिदिन आग्रह गरिन् । उनले थप जानकारीका लागि ९८४६७६३०९२ मा कल गरेर बुझ्न सकिने पनि उनले बताईन् ।





प्रतिक्रिया