काठमाडौं, १४ असार । नेपाली कांग्रेसको बागमती संसदीय दलको नेता चयन प्रक्रिया सुरु भएको छ । दल नेतामा इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुने भएको छ ।
बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन हुने भएको हो । संसदीय दलका नेता रहेका तामाङविरुद्ध हिजो (मंगलबार) अविश्वासको प्रस्ताव पारित भएको थियो । तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान हुन लागेको हो ।
कूल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट रहेको छ । जसमध्ये बानियाँ पक्षमा २२ सांसद देखिएका छन् भने तामाङको पक्षमा १५ सांसद रहेका छन् । संसदीय दलको नेताका लागि तामाङ र बानियाँ दुवै जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।




प्रतिक्रिया