माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको हो ।

शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको तयारीको लागि पदाधिकारी बैठक बोलाइएको बताइएको छ । पछिल्लो समय माओवादीभित्र उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डविरुद्ध सार्वजनिक रुपमै प्रहार गर्न थालेका छन् ।

हिजोमात्रै पनि उनले पार्टी नेतृत्वबाट नै आफूमाथि पार्टी विभाजन गर्न लागेको भनेर गलत प्रचार गराएको भनेर आलोचना गरेका छन् । शर्माले विशेष महाधिवेशनको माग गरेका छन् ।