काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरुबीच बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो ।
एमाले, कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका मन्त्रीहरु फेरबदलको चर्चा चलिरहेको अवस्थामा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको भेटवार्ता भएको हो ।




प्रतिक्रिया