शेयर बजार आज पनि घट्यो


काठमाडौं, १५ साउन । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) शेयर बजारमा ३१.५० अङ्कले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५० ले घटेर २९२२.६३ विन्दुमा रोकिएको छ । आज १५ अर्ब ९८ करोडको कारोबार भयो ।

आज कारोबार भएका कूल २५० कम्पनीमध्ये १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ५२ कम्पनीको मूल्य मात्र बढेको छ । आज फाइनन्सबाहेक सबै उपसूचकहरुमा गिरावट आएको छ ।

आज बैंकमा १.४४ प्रतिशत, व्यापारमा २.४४ प्रतिशत, होटल एण्ड टुरिजममा ०.९९ प्रतिशत, विकास बैंकमा ०.४७ प्रतिशत, हाइड्रोपावर समूहमा १.१५ प्रतिशत, लघुवित्तमा ०.५ प्रतिशत, निर्जीवन विमा कम्पनीमा ०.७० प्रतिशत, जीवन विमा कम्पनीमा १.२९ प्रतिशत, उत्पादन समूहमा १.१४ प्रतिशत, म्युचल फण्डमा ०.६ प्रतिशत, लगानीमा १.३२ प्रतिशत र अन्य समूहमा ०.६ प्रतिशत गिरावट आएको छ ।

आज ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेको छ । भुगोल इनर्जीमा लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।