प्रचण्ड सरकारले कर्मचारीलाई समयमा तलबसमेत नदिन नसकेको एमाले महासचिव पोख्रेलको आरोप


काठमाडौं, १६ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय राजनीति चुनौतीको अवस्थाबाट नयाँ सम्भावनातर्फ अघि बढेको दाबी गरेका छन् । उनले एमाले नेतृत्वमा अहिलेको सरकार बन्नु अगाडि समयमा तलब समेत नपाउने अवस्था बनेको बताउँदै आज देश त्यहाँबाट मुक्त भएर अघि बढेको स्पष्ट पारेका छन् ।

हिजो (बिहीबार) काठमाडौंमा आयोजित ‘सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२’ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोह समितिको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘कर्मचारीलाई तलब समेत दिन नसक्नेहरू आज ठुला कुरा गर्दछन्, निजामती कर्मचारीलाई तलब दिन नसक्ने, निर्माण व्यवसायीलाई काम लगाएको पैसा दिन नसक्ने अवस्थामा पुगेको राज्य आज तपाईंहरूको अवस्था सुरक्षित छ भन्ने अवस्थामा पुगेको छ ।’

उनले सरकारको तर्फबाट कानुन र संरचनागत सुधारका लागि अग्रसरता र नेतृत्व गर्ने काम पनि भएको बताए । सबै काम एक हप्ताभित्र हुनुपर्छ भन्ने कानुन बन्दा पनि नेपालको कर्मचारी संयन्त्र अहिले पनि कामकाजी बन्न नसकेको महासचिव पोखरेलको गुनसाो छ । file photo