विगेन नेपालले मनायो ११औं वार्षिकोत्सव (फोटोफिचर)


काठमाडौं, १६ साउन । विगेन नेपालले ११औं वार्षिकोत्सव धुमधामको साथ मनाएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी केक काटेर वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव समारोहमा विगेन कोरियाका संस्थापक अध्यक्षदेखि लिएर दर्जनौं शुभचिन्तक र अतिथिहरुको सहभागिता रहेको थियो ।

वार्षिकोत्सव समारोहमा देशैभरी रहेको विगेन नेपाल शाखाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको छ । कार्यक्रममा उपस्थित अतिथिहरुको लागि विगेन नेपालका रोज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । बार्षिकोत्सव समारोह .भोलिसम्म चल्ने छ ।

२०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ । विगेन नेपालले दक्षिण कोरियामा लामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरुको प्रभावकारी उपचार प्रदान गर्दछ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरुमार्फत तराईदेखि हिमालय क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई थर्मल थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निः शुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।

नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारिरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्त गर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्य लाभ प्राप्त गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालले बताएको छ ।

स्वास्थ्य लाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसकी घरमै लगेर उपकरण प्रयोग गर्ने सेवाग्राहीले उपकरण खरिद गर्ने गरेका छन् । उपकरण विक्रिबाट प्राप्त हुने आम्दानीबाट नै निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आएको विगेन नेपालले बताएको छ । सेन्टर आउनेहरुको भने थेरापी सेवा निःशुल्क प्रदान गर्ने गरिएको बताइएको छ ।फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल