काठमाडौं, १९ साउन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली देशको सबैभन्दा ठूलो भ्रष्टाचारी रहेको दाबी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्दै गर्दा आफैं एक नम्बरको भ्रष्टाचारी रहेको बताएका हुन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्मा ९० प्रतिशत भ्रष्टाचारी रहेको बताए ।
‘हाम्रो प्रधानमन्त्रीजी भन्नुहुन्छ– भ्रष्टाचारीको अनुहार हेर्दिनँ । हरेक दिन विहान ऐनमा त उहाँले आफ्नो अनुहार हेर्नुहुन्छ । आज यो मुलुकको नम्बर एक भ्रष्टाचारी प्रधानमन्त्रीजी आफैं हुनुहुन्छ । उहाँका क्याविनेटका ९० प्रतिशत मन्त्रीहरु भ्रष्टाचारमा लिप्त छन् । उनीहरुलाई भ्रष्टाचारको आरोप लगोको छ । तर, उनीहरुलाई पदमुक्त गर्न सक्नुहुन्न, बर्खास्त गर्न सक्नुहुन्न,’– उनले भने ।
साथै, उनले आज देशको लोकतन्त्र विचौलियातन्त्रमा रुपान्तरण भइसकेको बताए । प्रधानमन्त्री ओलीको वरिपरी विचौलियाहरु रहेको र विचौलियाबाहेक अरु कसैले भेट गर्न नपाउने उनले बताए ।
‘आज हामी लोकतन्त्रको कुरा गर्छौं । तर नेपालको लोकतन्त्र विचौलियातन्त्रमा रूपान्तरित भइसकेको छ । आज लोकतन्त्रको ठाउँ विचौलिया तन्त्रले लिइसकेको छ । विचौलियाहरुको शासन छ । प्रधानमन्त्रीको वरिपरी सबै विचौलियाहरुमात्रै छन् । विचौलियाबाहेक हरुले भेट पनि पाउँदैनन्,’– उनले भने ।




प्रतिक्रिया