काठमाडौं, २१ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले संविधान संशोधनको मुद्दालाई अगाडि ल्याइनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभालाई सम्बोधन गर्दे उनले उनले नेपाली कांग्रेस र एमालेको सत्ता समीकरण बन्दाखेरी गरिएको प्रतिवद्धता र उठाएको एजेण्डाबमोजिम संविधान संशोधनको विषयलाई अगाडि ल्याइनुपर्ने बताएका हुन् ।
‘यो समीकरणले केही कुराहरु उठाएको थियो– संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । हामी आफूले आफैंलाई पनि समीक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरुमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनका निम्ति पनि तयार हुनुपर्छ,’– उनले भने ।
उनले आजको सरकार निराशा र जनताको क्रान्तिको सपनालाई चोर्ने षड्यन्त्रको विरुद्धमा बनेको दाबी गरे ।




प्रतिक्रिया