रुपन्देही–३ मा पनि जनमतले आफ्नै उम्मेद्वार उठाउनेछ : सिके राउत


काठमाडौ, २२ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नै उम्मेद्वार उठाउने घोषणा गरेका छन् । संघीय लोकतान्त्रिक मोर्चामा रहेको जनमत त्यहाँबाट बाहिरिनुको कारणपनि यही उपनिर्वाचन भएको बताईन्छ ।

यसअघि ठूला दल कांग्रेस र एमालेहरु पनि गठबन्धनमा सामेल भएर चुनाव लड्दा जनमत पार्टी एक्लै चुनाव लडेको स्मरण गराएका छन् । जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा नै रहेको पनि राउतले स्पष्ट पारेका छन् ।

मोर्चा चुनावी मोर्चा नभई लुज एलायन्स भएको राउतले स्मरण गराएका छन् । उनले मोर्चालाई शुभकामना समेत दिएका छन् ।