एमाले नेताहरू विधान महाधिवेशन हलको निरीक्षणमा


काठमाडौं, २२ साउन । नेकपा (एमाले) को विधान महाधिवेशन नजिकएसँगै तयारी पनि तिव्र पारिएको छ। आज कार्यावाहक अध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा नेताहरुले विधान महाधिवेशन हुने हलको निरीक्षण गरेका छन् । आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा रहेको सनसराई हलमा हुने दोस्रो विधान महाधिवेशनको लागि आज नेताहरुले हलको अवलोकन गरेका हुन् ।

हल अवलोकनको लागि कार्यवाहक अध्यक्ष पोखरेलसहित नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत पुगेका थिए । विधान महाधिवेशनको लागि हलमा तयारी धमाधम भैरहेको नेताहरुको प्रतिक्रिया छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सनराईज हलको निरीक्षण गर्ने बताईएको छ ।