काठमाडौं, २२ साउन । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छिन् । एमालेले सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म पुग्दा भण्डारीलाई एमालेमा फर्किने च्याप्टर क्लोज गरेको छ । तर, भण्डारी पक्षले भने यो निर्णय स्विकार गरेको छैन ।
अहिले एमाले पँक्ति दोस्रो विधान महाधिवेशनको तयारीमा होमिएको छ । आजमात्रै एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताले विधान महाधिवेशन हुने सनराईज हलको अवलोकन गरेका छन् ।
यता, विद्या भण्डारीले पनि आजै आफ्नो सम्पर्क कार्यालय सार्वजनिक गरेकी छिन् । उनको सचिवालय अब थापा गाउँबाट चल्ने बताईएको छ । अहिले थापा गाउँमा रहेको एक घरमा धमाधम सजावटको तयारी चलिरहेको छ । रङ्गगरोगन चलिरहेको छ । अहिले भण्डारी बुढानिलकण्ठमा रहेको ठूलो भंगालमा बस्छिन् ।
आफूनिकट नेता तथा कार्यकर्ताहरुलाई आवातजावतको लागि समस्या हुन थालेपछि भण्डारीले थापा गाउँमा घर नै भाडामा लिएर सम्पर्क कार्यालय सुरु गर्न लागेकी छिन् । उनले आफूले राजनीतिमा आउने घोषणा गरिसकेकोले कुनैपनि हालतमा नरोकिने सार्वजनिक रुपमै बताईसकेकी छिन् । अब उनको राजनीतिक भेटवार्ता र गतिविधि यही थापागाउँबाट चल्नेछ । file photo




प्रतिक्रिया