मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने


काठमाडौं, २३ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले यही साउन २७ गते विश्वासको मत लिने भएका छन् । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले छिट्टै विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बानियाँ साउन १८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री बानियाँले कांग्रेसबाट अझै ५ जनालाई मन्त्री नियुक्त गर्न बाँकी छ । file photo