झलनाथले वामदेवसँग जुगलबन्दी गरेपछि माधव नेपाल डराए, बैठक २० दिन पछि सारे


काठमाडौं, २५ साउन । नेकपा (एकीकृत समाजवादी) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएको छ । खनालले माधव नेपाललाई नेतृत्बाट अलग हुन दबाब बढाएका छन् ।

तर, माधव नेपालले सार्वजनिक रुपमै झलनाथलाई बस्न मन नभए एमालेमा फर्किएर केपी शर्मा ओलीको सेवा गर्न भनेका छन् । हिजो (शनिबार) एकीकृत समाजवादीका नेताहरुको दौडधुप चलेको थियो । तेस्रो वरियतामा एकीकृत समाजवादी भित्रिएका वामदेव गौतमले झलनाथसँग डल्लु पुगेर तीन घण्टा लामो भेटवार्ता गरेका थिए ।

त्यसपछि दोस्रो तहका नेताहरुले माधव नेपाल र खनालबीच भेटवार्ता गराएका थिए । शक्ति संघर्ष चुलिएकै बेलामा नेपालले पार्टी कमिटीका लगातार बैठक बोलाएका थिए । तर, शनिबार साँझ नै अर्को विज्ञप्ती निकालेर बैठक २० दिन पछि सारिएको जानकारी गराईएको छ ।

अब भदौ २७ गते बस्नेगरि केन्द्रीय कमिटीको बैठक बोलाईएको छ । खनाल पक्षले भने बैठक सारिएको विषयमा पनि आपत्ति जनाएको छ । यो पक्षले माधव नेपाल बैठकबाट भागेको र डराएको भन्ने आरोप लगाएको छ । file photo