काठमाडौं, २९ साउन । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघले आफ्नो ५६औं स्थापना दिवसको अवसरमा १०औं केटिएम फुटसल कप आयोजना गरेको छ । दुई दिनसम्म चल्ने फुटसल कपको आज काठमाडौंको चन्द्रागिरीस्थित मच्छेनारायण रिक्रिएसन सेन्टरमा उद्घाटन गरिएको हो ।
प्रतियोगितामा एमआर रोयल्स, ग्यालेक्टिक्स, निभिक्स, एसियन, वेगा, बिवाईसी, थण्डर कृउ, एनालिया, क्वेष्ट, म्याग्नस सहित १० टिमको सहभागिता रहेको छ ।
खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ३० हजार र २० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल औंषधी तथा बिक्री प्रतिनिधी संघका अध्यक्ष तथा फुटसल कपको आयोजक कोषराज अवस्थीले जानकारी दिए ।
आज भएको लिग चरणको खेलमा ८ ओटा टिम उपाधी भिडन्तको लागि छनौट भएको छ । प्रतियोगिताको क्वाटरफाईनल, सेमीफाईनल र फाईनल खेल भने श्रावन ३१ गते शनिबार हुने आयोजकले जनाएको छ ।







प्रतिक्रिया