काठमाडौं, १ भदौ । रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि उम्मेद्वार टुँगो लगाउनको लागि रवि लामिछानेको नेतृत्वको रास्वपाको निर्णायक छलफलमा जुटेको छ । नौ जना निवेदकहरू आज (आइतबार) क्यान्डिडेट बेञ्चको छलफलमा सहभागी हुन भैरवास्थित रामादा होटलमा उपस्थित भएका छन् ।
उम्मेदवार हुन निवेदन दिनुहुनेहरूसँग प्यानलमा छलफलको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री विपिन आचार्य, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद तथा पूर्व शिक्षामन्त्री शिशिर खनाल र सांसद प्राध्यापक डाक्टर चन्दा कार्की पनि रूपन्देहीमा छन् ।
त्यसरी नै निवेदकहरूसँग पार्टीका उपसभापति तथा सांसद डाक्टर स्वर्णिम वाग्लेले वन अन वन छलफल गर्ने रास्वपाले जनाएको छ । यस प्रक्रियाको उद्देश्य राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको लागि निवेदकहरूले संविधान, देशको वर्तमान चुनौती र अवस्था, देशको राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोको विषयहरूमा कति जानकारी राख्छन भन्ने कुरा बुझ्ने प्रयास भएको रास्वपाले उल्लेख गरेको छ ।




प्रतिक्रिया