काठमाडौं, १ भदौ । अर्थमन्त्री विष्णु पौडेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई एजेण्डाविहीन खहरेखोलाको संज्ञा दिएका छन् । उनले अब जनतालाई भ्रमित पार्नेहरुको नेपालमा कुनै भविष्य नभएको दाबी गरे । उनले राजावादी, रास्वपा र माओवादी तीन शक्ति नै अहिले किनारा लागेको दाबी गरे । उनले माओवादीलाई अस्थिरताको प्रमुख तत्वको संज्ञा दिए भने राजावादीलाई प्रतिगामी भनेका छन् । अहिले आफूहरुले यी तीनवटै तत्वलाई किनारा लगाएको दाबी गरे ।
अर्थमन्त्री पौडेलले अहिलेको सरकारले देश र जनताको हितमा काम गरेको दाबी गरे । मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढिरहेको भन्दै कांग्रेस र एमालेको सत्ता सहकार्य तलमाथि नहुने जिकिर गरे उनले गठबन्धन ०८४ को निर्वाचनसम्म कायम रहने दाबी गरे । उनले भने,‘यो गठबन्धन ०८४ सम्म जान्छ, कसैले चाहँदैमा, रोइकराइ गर्दैमा, नानाथरी बोल्दैमा यो सरकार ढल्ने कुनै वातावरण र अवस्था छैन, अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने छ ।’





प्रतिक्रिया