‘नाडा अटो शो’ मा विश्वप्रख्यात जिली ईएक्स फाइभ र जेवाई एयर सार्वजनिक


काठमाडौं, ३ साउन । विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड ‘जिली ईएक्स फाइभ र जेवाई एयर’ का गाडीहरु सार्वजनिक भएको छ । आज मंगलबारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटन समारोहको क्रममा ती गाडीहरु औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएसँगैं जिली ईएक्स फाइभ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध छन् ।

ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स फाइभ भित्राएको हो । एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।

यस वर्षको ‘नाडा अटो शो’ मा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकहरूले आकर्षक जिली इएक्स फाइभ म्याक्स ६४ लाख ९९ हजारमा लैजान सक्नेछन् । जुन वास्तविक मूल्यभन्दा ३ लाख कम हो। त्यस्तै, स्टाइलिश जिली ईएक्स प्रो ५४ लाख ९९ हजारमा उपलब्ध छ । जबकी यसको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो ।

त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले ६४ लाख ९९ हजारमा उपलब्ध छ भने सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट केवल ४९ लाख ९९ हजारमा खरिद गर्न सकिनेछ ।

्यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल , फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ ।

यसैगरी, एलआरआर मोटर्सले जिली ईएक्स र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन– १६ प्रो म्याक्स वा एक तोला सुन, वा १ लाख ८० हजारसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् ।

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ ।