काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भन्नेहरुको पछाडि मान्छे कुदेको देख्दा अचम्म लागेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले करोडौंको ठगी गरेकाहरुको पछाडि पनि मान्छे लागेको देख्दा अचम्म लागेको बताएका हुन् ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलक्षित गर्दै उनले सातवटा अदालतले थुनेर कारबाही गर्नु भनेकोमा गाली चाहिँ आफूहरुलाई गरिएको बताए ।
‘लहैलहैको पछाडि मान्छे कसरी कुद्छन् ? नयाँ भन्नेहरुको पछाडि मान्छे कुदेको देख्दा । करोडौंको ठगी गरेको छ, यो बैंक, त्यो बैंक । चारैतिर ठगी गरेको छ । सातवटा अदालतले थुनेर कारबाही गर्नुपर्ने भन्ने फैसला गरेको छ । गाली हामीलाई गर्छन् । बैंक ठगी आफू गर्छन्, गाली हामीलाई गर्छन् । त्यस्ताका पछि पनि मान्छे कुदिराखेका छन् । कस्तो दुनियाँ हो ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया