काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । भोलि (सोमबार) विहानै बस्नेगरि देउवाले बैठक बोलाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेद्वार तय गर्नको लागि देउवाले पदाधिकारी बैठका बोलाएका हुन् ।
यस्तै, यसअघि कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनको लागि सुरु गरेको हस्ताक्षर अभियानको विषयमा पनि देउसवाले छलफल गर्ने भएका छन् । देउवाकै चाहनामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले उपसभामुखलाई हटाउनको लागि सहमति जनाएको बताईन्छ ।
देउवाले संवैधानिक परिषद्मा आफ्नो दलको उपस्थितिको लागि पनि यो कदम चाल्न लागेको बताईन्छ । तर, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुख हटाउने अहिलेको कदमलाई लिएर सार्वजनिक रुपमा आलोचना गरेका छन् । उता, प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि यो कदम उचित नभएको भन्दै हस्ताक्षर नै नगरेको बताईन्छ ।
उपसभामुख यतिवेला अमेरिका भ्रमणमा छिन् । उनी भदो १३ गतेमात्रै काठमाडौं फर्किने कार्यतालिका छ । उनी फर्किएपछि मात्रै हटाउने प्रक्रिया अघि बढ्ने कांग्रेस र एमालेका नेताहरुको भनाई छ । file photo




प्रतिक्रिया