काठमाडौं, ८ भदौ । पशुपति क्षेत्र विकास कोषले यो वर्षको हरितालिका (तीज) को व्इवस्थापन सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आज (आइतबार) कोषको कार्यालय देउवउद्यानमा आयोजित पत्रकार सम्मेलनमार्फत तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो । भगवान पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि बाहिरी रुपमा चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरिएको छ ।
पशुपतिनाथको चारै वटा ढोका विहान ३ बजेबाट खोलिनेपनि जनाईएको छ । विगत वर्षहरुमा जस्तै यसवर्ष पनि पशुपतिनाथमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिने भएको छ । कोषले आवश्यकताअनुसार नेपाली सेनाको पनि सहयोग लिईने भनेको छ । मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी खटाई पर्वको २ दिन अगाडिदेखि नै त्यस्ता क्रियाकलापमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई राखने व्यवस्था मिलाईएको छ ।

उक्त दिन स्वास्थय सेवाको पनि व्यवस्था गरिएको छ । कोषले जनाएअनुसार पशुपति कोर क्षेत्रमा अवस्थित् कुलानन्द झा सत्तल पश्चिमको डवलीमा नेपाली सेनाको तर्फबाट र रुद्रगाडेश्वर पश्चिमको धार्मिक पाटिमा काठमाडौं महानगरपालिकाको तर्फबाट स्वास्थय शिविरको व्यवस्था गरिने जनाएको छ । तस्विर : जयराम सापकोटा




प्रतिक्रिया