काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा अनुशासनहीन काम गर्ने कसैलाई पनि छुट नदिने चेतावनी दिएका छन् । पार्टी पूनर्गठन दिवस २०८२ को अवसरमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने पार्टी उद्देश्यअनुसार अघि बढेको भन्दै कोही पनि विचलित हुन नपर्ने बताए । तर, पार्टी सिध्याउन खोज्नेलाई नछोड्ने उनको चेतावनी छ । उनले भने,‘जे गर्नुछ भित्र राख्ने हो । अनुशासनहिनतालाई छुट दिन सकिँदैन । ज–जसले अनुशासनहीन काम गर्छ भने छुट दिन सकिँदैन, पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन । त्यस्तालाई छुट दिन सकिँदैन । पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’




प्रतिक्रिया