निजी जग्गामा कालोपत्रे गरिएको भन्दै सडकमा लगाइयो बार


काठमाडौं, १३ भदौ । नेवाः राष्ट्रिय परिषद्ले धादिङ–धार्के साबिक केबलपुर धुनिबासी नगरपालिकामा सडक विभागले विमला महर्जनको निजी जग्गा हडपेर पिच गरिएको भन्दै सडकमा तारबार लगाएको छ । धुनिबासी नगरपालिका–५, ९ ग कित्ता नं.१२० को जग्गामा विना जानकारी मापदण्डविपरीत काmोपत्र गरिएको बताइएको छ ।

सो क्षेत्रमा ३ रोपनी १५ आना, २ पैसा जग्गामा गैरकानुनी रुपमा पिच गरेको नेवाः राष्ट्रिय परिषद्ले जनाएको छ । पीडितलाई न्यायदिनका लागि परिषद्का संयोजक सुमन सायमी, हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, बिकास बाबू श्रेष्ठ, बिकास घिमिरे, बेबि राजभण्डारीलगायतका नेताहरुको उपस्थितिमा सडकमा तारबार लगाइएको हो ।