काठमाडौं, १३ भदौ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८१) का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकलाई सम्बोधन गर्नेछन् । छिमेकी मुलुक चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्न लागेका हुन् । File Photo/RN




प्रतिक्रिया