विद्या भण्डारीलाई सम्मान गर्न एमालेले कुनै कसर बाँकी राख्दैन : आनन्द पोखरेल (भिडिओसहित)


काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दकुमार पोखरेलले एमालेभित्रको विवाद आन्तरिक विषय भएकोले समाधान गरिने विश्वास दिलाएका छन् । उनले विधान महाधिवेशन सफल बनाउने बताए । उनले एमालेभित्र पक्ष वा विपक्ष भन्ने नरहेको जिकिर गरे ।

उनले एमालेको विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलेल फरक मत राख्ने कुरा अहिले नआएकोले यसबारेमा चर्चा गरिनु गलत हुने बताए । उनले विधान महाधिवेशनको लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाउने वा नबोलाउने भन्ने कुरा आफूलाई थाहा नहुने प्रतिक्रिया दिए ।

आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भाएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भण्डारीलाई गणतन्त्रको गौरब भनेर सम्मान गरिसकेको स्मरण गराउँदै अहिलेपनि उनको सम्मानको लागि एमालेले कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।

उनले एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली भर्सेस विद्या भण्डारीको प्रश्नमा उनले विचारको प्रतिष्पर्धा दिए । उनले भने,‘जुनसुकै पार्टीभित्र दुई लाईनको संघर्ष हुन्छ । यसले पार्टीमा गति ल्याउँछ । बलियो बनाउँछ । जबजको सिद्धान्तले लोकतान्त्रिक विधि, प्रक्रियालाई विचारमा प्रतिष्पर्धामा स्विकार गर्छौं । एमालेले स्वभाविक रुपमा लिन्छन् ।’