काठमाडौं, १४ भदौ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सम्बन्धमा तिक्तता देखिएको छ । भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको र ११औं महाधिवशेनमा अध्यक्षको रुपमा आफूलाई उभ्याएपछि प्रधानमन्त्री ओली चिढिएका हुन् ।
एमालेको सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्मको बैठक गराएर ओलीले विद्या भण्डारीको सक्रिय राजनीतिको ढोका नै बन्द गराएका छन् । तर, भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले पनि खान नसक्ने भन्दै ओलीविरुद्ध ठूलो चूनौति पेश गरेकी छिन् । योबीचमा भण्डारीले आफूलाई सक्रिय तुल्याएकी छिन् । उनी पूर्वको यात्रा सकाएर फर्किएकी छिन् ।
संयोग कस्तो भने आज प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएका छन् । पाँच दिने चीन भ्रमणमा निस्किएका ओलीले चीन बसाईको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि भेटवार्ता गर्ने भनिएको छ । तर, अहिलेसम्म मोदीसँग उनको भेटवार्ता तय भैनसकेको भनिएको छ ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वयम प्रधानमन्त्री ओलीले पनि आफ्नो चीन भ्रमणबारे हिजो सदनलाई जानकारी गराउने क्रममा आफूले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग छुट्टछुट्टै भेटवार्ता गर्ने तय भएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएको बेलामा यता भण्डारी भने मधेश झरेकी छिन् । उनी आज वीरगञ्ज पुगेकी छिन् । वीरगञ्जमा उनलाई एमालेका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । सो क्रममा उनलाई कार्यकर्ताहरुले ५१ किलोको मालाले स्वागत गरेको समाचार बाहिरिएका छन् । उनी सिमरा विमानस्थलमार्फत त्यहाँ पुगेकी हुन् । file photo




प्रतिक्रिया