काठमाडौं, १५ भदौ । सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । हिजो (शनिबार) सम्पन्न भएको संस्थाको ८औं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले इतर समूहका उम्मेदवार धनेन्द्र केसीलाई पराजीत गरेका हुन् ।
झाले १ हजार ३ सय १५ मत प्राप्त गरेर विजयी हुँदैगर्दा प्रतिस्पर्धी केसीले १ हजार २ मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपाध्यक्षमा संस्थापन पक्षकै मदन पुरी विजयी भएका छन् । पुरीले १ हजार २ सय ८० मत पाएका छन् । नवनिर्वाचित कार्यसमितिमा अधिकांश संस्थापन पक्षको प्यानलबाट निर्वाचित भएका छन् । महासचिवमा संस्थापन समूहकै सुदर्शन शर्मा विजयी भएका छन् ।
त्यसैगरी,उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भएका छन् । सिडेन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।




प्रतिक्रिया