शेयर बजार ३१ अंकले घट्यो, कारोबार रकम पनि ६ अर्बमै सीमित


काठमाडौं, १५ भदौ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.१७ अङ्कले घटेको छ । आज (आइतबार) बजार घट्दा नेप्से २ हजार ७ सय ४९ दशमलव ८३ विन्दुमा रोकिएको छ । आज कूल ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कूल २२८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने २१ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ । एक कम्पनीको शेयर मूल्य भने स्थिर रहन पुगेको थियो । आज १ करोड ४८ लाख कित्ता सेयरको किनबेच भएको छ ।

कारोबार भएका कम्पनीमध्ये उन्नति सहकार्य लघुवित्तको ६.७७ प्रतिशत मूल्य बढेर २३९६.०७ रुपैयाँमा बन्द भएको छ । भयो । त्यसैगरी आशा लघुवित्तको ४.१६ प्रतिशत र माछापुच्छ्रे बैंकको डिबेञ्चर ८६ ले ३.९३ प्रतिशत वृद्धि भएको छ । ग्लोबल आईएमई समुन्नत योजना २ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । प्रभु स्मार्ट फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, नेपाल रिपब्लिक मिडिया लगायतको मूल्य पनि घट्ने सूचीको अग्र स्थानमा रहेका छन् ।