संघीय निजामती सेवा विद्येयक विधायन समितिबाट पारित


काठमाडौं, १७ भदौ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।

आज बसेको समितिको बैठकले विद्येयक पारित गरेको हो । आज बस्ने राष्ट्रिय सभाबाट यो विद्येयक पारित गर्ने तयारी छ ।

यो विद्येयक प्रतिनिधिसभाबाट भने गत असार १४ गते नै पास भएको हो ।